सेयर बजारमा नयाँ रेकर्ड : परिसूचक २८ सय विन्दुमाथि

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। २५ अर्ब माथिको सेयर कारोबार हुँदा नेप्से परिसूचक २८ सय विन्दुमाथि पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.७६ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ। यसदिन ३३० स्क्रिप्सको ६ करोड ३२ लाख १ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १ अर्ब ५२ करोड २ लाख ४७ हजार ३७० रुपैयाँको सेयर कारोबार भयो।

यसैगरी शिवम् सिमेन्टको १ करोड १६ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्फ्रास्टक्चर बैंकको ६८ करोड , नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशी हाइड्रोपावरको ५५ करोड मूल्य बढीको सेयर कारोबार भयो। यसदिन एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। २५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

१३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स समूहको उपसूचक ४ प्रतिशत बढीले बढ्यो। कारोबारमा आएका २२५ स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो । २ स्टक्सको मूल्य भने यो दिन स्थिर रह्यो।


काठमाडौं

आइतवार, असार २९, २०८२

२९.११°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले अहिले पनि नौजवान पार्टी होः योगेशभट्टराई

‘नेपालमा कुलिङ पिरियड र अडान छोडेको रास्वपा’

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक