नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो ।

मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक ९०.३०० प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा बुधबार करिब ६ अर्बको कारोबार भएको छ ।

बुधबार ७४ हजार ८ सय ५४ वटा कारोबारमा १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८९ करोड ४१ लाखको कारोबार भएको छ । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २७ करोड ६४ लाखको कारोबार भएको छ । त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य २४ करोड ४८ लाख, ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३१ लाख र सोनापुर मिनिरल्स एन्ड आयल कम्पनीको १४ करोड ३ लाखको कारोबार भएको छ ।

बुधबार बजारमा फाइनान्स कम्पनीसँगै बैंकिङ र लघुवित्तले उपसूचकले साथ दिएको छ । हाड्रोपावर, निर्जीवन बीमा, व्यापार र होटल तथा पर्यटन उपसूचकमा भने करेन्सन देखिएको छ । हाइड्रोपावर उपसूचक लगातार ४ कारोबार दिन बढेर बुधबार करेक्सन देखिएको हो । ‘ट्रेडर’ हाबी भई लकइन नखुलेको कम सेयर सप्लाई भएको हाइड्रोपावर कम्पनीको सेयमूल्य कर्नरिङ गरेर बढाइरहेकोमा बुधबार भने हाइड्रोपावर उपसूचकमा करेक्सन देखिएको हो ।

यस्तै लघुवित्तमा पनि कम चुक्ता पूँजी भएर सेयर सप्लाई कम भएको कम्पनीको सेयर मूल्यमा ‘ट्रेडर’ हाबी भएको देखिन्छ ।वित्त कम्पनी उपसूचक सर्वाधिक १.०७ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.८३ प्रतिशत र लघुवित्त उपसूचक ०.८८ प्रतिशतले बढेको छ ।

हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६१ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.४८ प्रतिशत, व्यापार उपसूचक ०.३६ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.१८ प्रतिशतले गिरावट भएको हो । बुधबार बजारमा कुल २४७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

बुधबार कारोबार भएका कम्पनीमा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै गणपति लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशतले बढेको छ ।

सयपत्री हाइड्रोपावरको सेयरमूल्य ४.४८ प्रतिशतले वृद्धि गिरावट हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ४.४६ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशत, पोखर फाइनान्सको सेयरमूल्य ४.१९ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ३.९६ प्रतिशतले गिरावट भएको छ ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...