काठमाडौं । अघिल्लो कारोबार दिन बुधबार ११ अंकको करेक्सन आएको सेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ। सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब ५७ अंकले उकालो लागेको हो।
सूचक बढ्दा कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। आज २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँमा सेयर खरिदबिक्री भएकाे छ।
४५ हजार ९४४ पटक सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन बुधबार २ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
यसदिन १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढिले बढ्यो।
१२ करोड मूल्य बढिको सेयर कारोबार गरी हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहयो। नेपाल दूरसंचार कम्पनी १० करोडको कारोबार गरी दोस्रो स्थानमा रह्यो। कारोबारमा आएका १३ वटै समूहको सूचक सकारात्मक देखिएका छन्।
फाइनान्स समूहको सूचक सर्वाधिक ५।३८ प्रतिशतले बढ्यो। हाइड्रोपावरको ४।९२ र नन लाइफ इन्स्योरेन्सको ४।३९ले बढ्दा डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्सको ३ प्रतिशत बढिले वृद्धि भयो। कारोबारमा आएका १७ कम्पनीको मूल्य ओरालो लाग्यो।
annapurnapost