हाइड्रोसँगै बैंकिङले साथ दिँदा ३३ अंकले बढ्यो नेप्से

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ (१.५९ प्रतिशत) ले वृद्धि भएर २११५.२४ को बिन्दुमा बन्द भएको छ । कम सेयर सप्लाई हुँदा ट्रेडरको रोजाइमा परेको हाइड्रोपावर उपसूचकसँगै बैंकिङ उपसूचकले पनि साथ दिँदा मंगलबार नेप्सेमा १ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको हो ।

पछिल्लो केही समय सप्लाई आउँदा पनि उक्त सप्लाईलाई खरिद गर्दा कारोबार रकम उच्च भएको थियो भने बजार बढ्नका लागि आधार समेत बन्दै गएको थियो । जसले गर्दा मंगलबार नेप्से २१०० को बिन्दु नाघेर बन्द भएको छ । मंगलबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत र बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको छ ।

सोमबार ५ अर्ब ४९ करोडको कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघेको छ । ७४ हजार ८७७ वटा कारोबारमा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ५५ करोड ५४ लाखको कारोबार भएको हो । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३६ करोड ३१ लाखको कारोबार भएको छ ।

त्यस्तै माउन्टेन इनर्जीको २३ करोड १८ लाखको कारोबार हुँदा ग्लोबल आईएमई लघुवित्तको १० करोड ८३ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाखको सेयर किनेबच भएको छ । मंगलबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको सेयर कारोबारमा आउँदा २०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको स्थिर छ ।

नेप्सेमा मंगलबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत् कम्पनी र भगवती हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यसतै अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

यता सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले गिरावट हुँदा कुमारी इक्विटी फन्डको इकाइ मूल्य ४.९४ प्रतिशत र एनआईसी एसिया फ्लेक्स क्याप फन्डकोझ इकाइ मूल्य ३.३१ प्रतिशतले घटेको छ ।

onlinekhabar


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन