सेयर बजार आज एकल अंकले वृद्धि,साढे २ अर्बको सेयर कारोबार

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सेयर बजार आज एकल अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इन्डेक्स भने ०.३८ प्रतिशतले घट्यो।

अघिल्लो कारोबार दिन सोमबार नेप्से १४.५७ अंकले बढेको थियो। सो दिन २ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से एकल अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। आज ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिदबिक्री भए।

साढे दुई करोड बढि मूल्यको कारोबार भएको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको हो।

गुराँस लघुवित्त वित्तीयको ९.४२ प्रतिशतले मूल्य बढ्दा युनाइटेड अजोड इन्स्योरेन्सको ७.४०,दोर्दी जलविद्युतको ६.९६ र लक्ष्मी उन्नति कोषको ६.३२ प्रतिशतले मूल्य बढेको हो।

यसदिन सामलिङ पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। हिमालयन रिइन्स्योरेन्स ३३ करोड बढि मूल्यको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी माउन्टेन इनर्जी नेपालको १६ करोड,नेपाल रिइन्स्योरेन्सको ८ करोड र हाथवेको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन दुई उपसमूहबाहेक ११ उपसमूहका सूचक सकारात्मक देखिए। अदर्श र ट्रेडिङ उपसमूहबाहेक अन्य उपसमूहको सूचक बढेको हो। कारोबारमा आएका १८१ कम्पनीको मूल्य बढ्दा ५७ वटाको घट्यो भने ९ को मूल्य स्थिर रह्यो।

annapurnapost


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन