काठमाडौं । सेयर कारोबारको अन्तिम दिन आज सेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०।०१ अंकले घटेर १८६१।२१ विन्दुमा अडिएको छ।
नेप्से घटेपनि सेयर कारोबार अघिल्लो कारोबार दिन बुधबारभन्दा बढेको छ। यसदिन १ अर्बमाथिको सेयर कारोबार भएको छ। बुधबार ८६ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो।
२४७ कम्पनीको ३१ लाख ११ हजार८ सय ३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ७ हजार ९ सय २१ रुपैयाँको सेयर कारोबार भयो।
दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो। सिर्जनशील लघुवित्त वित्तीय र धवलागिरि लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
यस्तै आदर्श लघुवित्त र कालिका पावर कम्पनीको सेयर मूल्य ८ प्रतिशत बढिले बढ्यो। आज ११ समूहको सूचक नकारात्मक देखिएका छन्। होटल्स एन्ड टुरिजम समूहको सूचक सर्वाधिक २।२८ प्रतिशतले घटेको हो। बैंकिङ, म्युचुअल र अदर्श समूहको सूचक उकालो लागेको हो। अर्दश समूहको सूचक २।०४ प्रतिशतले बढेको हो।