आज सेयर बजारमा दोहोरो अंकको गिरावट

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यसदिन नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको छ। यो पछिल्लो ४ महिना यताकै न्यून विन्दु हो। यसअघि गत वैशाख १९ गते नेप्से परिसूचक १८६६ विन्दुमा झरेको थियो।

यसदिन सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ३६१.३१ विन्दुमा बन्द भएको छ। नेप्से घटेपनि यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको  छ। आज २८२ स्क्रीप्टको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँमा किनबेच भए।  सोमबार १ अर्ब १७ करोडको सेयर कारोबार भएको थियो।

मंगलबार १९३ स्क्रीप्टको मूल्य घट्दा ३१ स्क्रीप्टको मात्रै बढेको हो। नेप्से घटेको दिन सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता कमाए। यो हाइड्रोपावरको ५.८६ प्रतिशतले सेयर मूल्य बढ्यो। बराही हाइड्रोपावरको सेयर मूल्य भने ७.६४ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २ अर्ब ३७ लाख  ८४ हजार ९९१ रुपैयाँको सेयर कारोबार भयो। नबिल बैंकको ३४ करोड,एनआईसी एसिया बैंकको ३० करोड,शिवम् सिमेन्टको २६ करोड र सिटीजन्स लाइफ इन्स्योरेन्सको २६ करोड मूल्यको सेयर कारोबार गरी शीर्ष पाँचमा पर्न सफल भए।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घट्यो। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको हो।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन