काठमाडौं । सेयर साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको हो। सेन्सेटिभ इण्डेक्स २.५० अंकले घटेर ३७९.१४ विन्दुमा पुगेको छ।
यसदिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको थियो। सो दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर खरिदबिक्री भयो।
साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ७ करोड २२ लाख बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शुभम् पावरको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो। यसैगरी सामलिङ हाइड्रोपावरको ७ र अपर स्यांगी हाइड्रोपावरको ६ प्रतिशत सेयर मूल्य घटेको हो।
कारोबार रकमका आधारमा नेपाल एसबीआई बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ७ करोड ५६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
शिवम् सिमेन्टको ६ करोड र एभरेष्ट बैंकको ४ करोड बढीको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एउटाको मात्र मूल्य बढेको हो। म्युचुल फण्डको सेयर मूल्य ०.०४ प्रतिशतले बढ्दा बाँकी उपसमूहको सूचक नकारात्मक देखिएको हो।