सेयर बजारमा दोहोरो अंकको गिरावट

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं सेयर साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।  नेप्से परिसूचक २०.३१ अंकले घटेर २०१५.१२ विन्दुमा अडिएको छ।

साताको दोस्रोदिन सोमबारदेखि ओरालो लागेको सेयर बजारले बुधबार पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो। यसदिन २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँमा खरिदबिक्री भयो।

मंगलबार २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड मूल्यमा खरिदबिक्री भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको हो।

आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ८.०६ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा हिमालयन डिस्टीलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८ करोड ४१ लाख मूल्य बढीको सेयर कारोबार भयो। यस्तै शिवम सिमेन्टको ७ करोड र आईएमई इन्स्योरेन्सको ५ करोड बढी मूल्यको सेयर खरिदबिक्री भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। आज १८५ कम्पनीको मूल्य घट्दा ३४ को बढ्यो भने ६ को स्थिर रह्यो।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन