काठमाडौं । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १४।२२ अंकले बढेर १८७१।११ विन्दुमा अडिएको छ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ३।८३ अंकले बढेर १८५८।८९ विन्दुमा बन्द भएको थियो। नेप्से बढेसँगै कारोबार रकममा सोमबारको तुलनामा वृद्धि भएको छ।
आज २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँमा खरिदबिक्री भयो। तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आधीखोला लघुवित्त वित्तीय,सिर्जनशील लघुवित्त वित्तीय र धवलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
मंगलबार कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ३८ लाख ८७ हजार मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै समूहको सूचक सकारात्मक देखिएका छन्।
होटल्स एन्ड टुरिजमको सूचक सर्वाधिक २।४० प्रतिशतले बढ्दा अदर्शको २।३१ प्रतिशतले बढ्यो।