साताको तेस्रो सेयर कारोबार दिन सेयर बजारमा २८ अंकको गिरावट

author

समाचारपाटी

२ years अगाडि

साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसअघि आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो।

नेप्से परिसूचक २८.४० अंकले बढेर २०१९.८५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेर ३८५.५६ विन्दुमा अडिएको छ। यसदिन २६५ कम्पनीको  ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा कारोबार भयो।

सोमबार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ३३ करोड  ३५ लाख मूल्य बराबरको सेयर कारोबार भएको  थियो। त्यसअघि आइतबार नेप्से परिसूचक ३८ अंकले  घटेको थियो। सो दिन २  अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सेयर बजार दोहोरो अंकले ओरालो लागेपनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वरोजगार लघु वित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो।

कारोबार रकमका  आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड बढि मूल्यको सेयर कारोबार भयो।

यसैगरी शिवम सिमेन्टको ६ करोड र एभरेष्ट बैंकको ४ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका  छन्। आज १९८ कम्पनीको मूल्य घट्दा २२ को मात्रै बढ्यो। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन