fbpx

साताको अन्तिम दिन नेप्सेमा एकल अंकको गिरावट

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । वित्त कम्पनी उपसूचक सर्वाधिक ०.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ०.५९ प्रतिशत र विकास बैंक उपसूचक ०.४९ प्रतिशतले गिरावट भएको छ ।

यता बैंकिङ उपसूचक ०.०५ प्रतिशत र जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक पनि ०.४३ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ५९ करोडमा सीमित भएको थियो ।

बिहीबार अझै घटेर ७८ करोड ८३ लाखमा सीमित भएको छ । १६ हजार १७५ वटा कारोबारमा २१ लाख ३ हजार ७९१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बिहीबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) को सर्वाधिक ३ करोड १५ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर करिब २ करोड ७१ लाख र शिवम् सिमेन्टको १ करोड ८० लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ । बिहीबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.८९ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ५.७१ प्रतिशतले गिरावट भएको छ ।

यता फर्वार्ड लघुवित्तको सेयरमूल्य ५.९९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.५२ प्रतिशतले घटेको छ । यस्तै एशियन हाइड्रोपावरको सेयरमूल्य ४.६३ प्रतिशतले गिरावट भएको छ ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो