प्रदेश खेलकुद परिषद गण्डकीद्वारा प्रशिक्षक, रेफ्रि र खेलाडीहरुको विमा,औषधपचार र छात्रवृतीको प्रस्ताव

author

समाचारपाटी

१ year अगाडि

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितिले प्रशिक्षक, रेफ्रि र खेलाडीहरुको विमा, औषधपचार र छात्रवृतीको प्रस्ताव गरेको छ । परिषदको समेबार बसेको कार्यकारी समितिको बैठकले उक्त प्रस्ताव गरिएको सदस्य सचिव
श्रीधर शर्माले जनाएका हुन् । सदस्य सचिव शर्माका अनुसार परिषदको आह्वानमा सुचिकृत भएका ११ वटै जिल्लाका ५ सय ९४ जना प्रशिक्षक र रेफ्रिहरुको आकस्मिक विमा गर्ने निर्णय गरेको जानकारी दिंदै खेलाडीहरुको समेत आकस्मिक विमा र छात्रवृतिको व्यवस्था गर्ने कार्य प्रस्ताव अघि बढाउन लागिएको जानकारी दिएका छन् ।

बैठकको निर्णयका बारेमा जानकारी दिंदै सदस्य सचिव शर्माले परिषद संधै खेलाडी,प्रशिक्षक र रेफ्रिहरुको हितका पक्षमा उभिएको बताउँदै भने–“हामीले केही महिना सुचिकृतका लागि सूचना आह्वान गरेका थियौं । जिल्ला खेलकुदमार्फत सुचिकृत भएका सबैलाई हामीले आकस्मिक विमा प्रक्रियालाई अघि बढाउँदै छौं ।”परिषदमा सुचिकृत भएका रेफ्री तथा प्रशिक्षकहरुलाई दुर्घटना हुँदाको अवस्थामा आकश्मिक विमा अन्तर्गत औषधी उपचार र क्षतीपुर्ती राहतका लागि बार्षिक बिमा गर्ने गराउने व्यवस्था तथा परिषद र जिल्ला खेलकुद विकास समितिबाट स्विकृति लिई गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटै जिल्लामा राष्ट्रिय, प्रदेश, जिल्लास्तरीय वा अन्तर जिल्ला प्रदेशस्तरीय वा अन्तर प्रदेश राष्ट्रिय वा रा.खे.प.बाट आयोजित राष्ट्रिय प्रतियोगितामा
सहभागी खेलाडीहरुको सामुहिक आकश्मिक विमा गर्न लागिएको परिषदले जनाएको छ ।

यसै गरी गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएका पूर्व तथा बर्तमान खेलाडीहरु, परिषदमा सुचिकृत रेफ्री, कोच (प्रशिक्षक)को स्वास्थ्य सेवा अन्तर्गत औषधी उपचार गर्नु परेमा संघिय, प्रादेशिक र स्थानीय तहका सरकारी अस्पतालहरुमा ओपिडी र आकश्मिक सेवामा निशुल्क, शल्यक्रिया, ल्याव टेष्टलगायतका सेवामा ५० प्रतिशत छुट मिलाउन मन्त्रालयमा प्रस्ताव पेश गर्ने तथा निजी क्षेत्रका अस्पतालहरुमा ओपिडी र आकस्मिक सेवामा ५० र ल्यावटेष्ट शल्यक्रियामा २५ प्रतिशत छुट दिन मन्त्रालय र सम्वन्धित अस्पताललाई अुनरोध गर्ने गरी निर्णय भएको सदस्य सचिव शर्माले जनाएका छन् ।

उक्त बैठकले गण्डकी प्रदेश भित्र पर्ने साविक पश्चिमाञ्चल क्षेत्र र गण्डकी प्रदेशको तर्फबाट कम्तिमा राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी पूर्व तथा वर्तमान खेलाडीहरु र उनीहरुका छोरा छोरी कक्षा ११, १२ र सो भन्दा माथि उच्च शिक्षासम्म अध्ययनका लागि
सरकारी विद्यालय, क्याम्पस, विश्वविद्यालयमा मासिक शुल्क पुरै छुट तथा नीजि क्षेत्रका विद्यालय, क्याम्पस, विश्वविद्यालयतर्फ ५० प्रतिशत छुटको व्यवस्था मिलाउन मन्त्रालयमा अनुरोध साथ प्रस्ताव पेश गर्ने तथा सम्बन्धित पक्षहरुसंग समेत पहल गर्ने निर्णय समेत गरेको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन