fbpx

नेपालमा नागरिक खुलापन खुम्चिँदै गयोः सरोकारवालाहरु

author

समाचारपाटी

४ महिना अगाडि

सरोकारवालाहरुले विश्वमा नागरिक समुदायको खुलापन खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व सामाजिक मञ्चमा नेपाल गैरसरकारी संस्था महासंघले गरेको अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । विश्वभरका सरकारले नागरिक समुदायको भुमिकालाई कम महत्व दिएको र खुलापन खुम्च्याउँदै लगेको बताएका छन् । नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संस्था एआइएनका अध्यक्ष भगवान श्रेष्ठले दक्षिण एशियाको तुलनामा नेपालमा नागरिक समुदाय र खुलापन राम्रो मानिए पनि बिस्तारै खुम्चिँदै गएको बताउनु भयो । विद्यमान नीति तथा अभ्यासको कारणले नागरिक समुदायले धेरै खुलापनको महशुस गर्न नपाएको बताउनु भयो । नेपालमा कर्मचारीतन्त्र र प्रक्रियागत झन्झटले पर्याप्त काम गर्नसक्ने वातावरण नभएको बताउनु भयो । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले नेपालमा गैरसरकारी संस्था र नागरिक समाजको भुमिकालाई नजरअन्दाज गर्न नसकिने बताउनु भयो । नेपालको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका नागरिक समुदायको रहेको बताउनु भयो । नागरिक समाज र खुलापनबारे अझ धेरै छलफल र बहस हुन आवश्यक रहेको बताउनु भयो । यसको महत्व सबैलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा युरोपेली युनियनको नेपालका लागि राजदुत भेरोनिक लोरेन्जोले नागरिक समाजको खुलापनलाई देशको आन्तरिक र विश्व राजनीतिले नकारात्मक असर गरिरहेको बताउनु भयो । राजदुत लोरेन्जोले सक्रिय र क्रियाशिल नागरिक समाजले मात्र प्राप्त लोकतन्त्र र समावेशितालाई बचाउन सक्ने बताउनु भयो । 

राजदुत लोरेन्जोले नागरिक समाजलाई क्रियाशिल बनाउन गैरसरकारी संस्थाले धेरै काम गर्नुपर्ने बताउनु भयो । 
सम्मेलनमा ९२ मुलुकका करिव ४० हजार मानिसहरुको सहभागिता रहेको छ । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मुलविधामा आधारित भएर चार सय कार्यक्रम हुनेछन् । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भुमिकाबारे छलफल पनि भएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन