तलब वृद्धिको माग गर्दै बेलायती कर्मचारी हडतालमा

author

समाचारपाटी

२ महिना अगाडि

लण्डन । तलबको विषयमा लामो समयदेखि जारी विवादबीच बेलायती शिक्षक, विश्वविद्यालयका कर्मचारी, रेल चालक र सरकारी कर्मचारीले बुधबार हडताल गरेका छन्।

इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरू केही दिनको अन्तरालमा पुनः विद्यालयको सेवामा अनुपस्थित रहे, जसका कारण २३ हजार ४०० विद्यालयको पठनपाठन प्रभावित भयो। विद्यालय प्रणालीमा भर्ना र निरन्तरतामा समस्या छ। 

युनियनका अनुसार  एक दशकदेखिको घट्दो तलबमान यसको एक प्रमुख कारण हो र यसलाई सरकारले सम्बोधन गर्न आवश्यक छ। 

बेलायतका १५० विश्वविद्यालयका करिब ७० हजार कर्मचारी तलब, काम गर्ने वातावरण र पेन्सनसम्बन्धी विवादमा १८ दिनपछि पुनः हडतालमा उत्रिएका छन्। 

उनीहरूको विरोधले फेब्रुअरी र मार्चसम्म २५ लाख विद्यार्थी प्रभावित हुने युनिभर्सिटी एन्ड कलेज युनियनले जनाएको छ।

‘कर्मचारीहरूले धेरै मागिरहेका छैनन्। उनीहरू सम्मानजनक तलब वृद्धि, सुरक्षित रोजगारी र पेशालाई नै प्रभाव पार्ने गरी भएको पेन्सन कटौतीलाई उल्टाउन चाहन्छन्,’ कलेज युनियनका महासचिव जो ग्राडीले भन्नुभयाे।

‘नेशनल युनियन अफ रेल, मेरिटाइम एन्ड ट्रान्सपोर्ट वर्कर्स (आरएमटी)’ का १४ रेल अपरेटरका रेल चालकहरूले पनि तलब र शर्तहरूको विषयमा बुधबार र शुक्रबार हडताल गर्ने कार्यक्रम तय गरेका छन्। 

आरएमटीका महासचिव मिक लिन्चले भन्नुभयाे, ‘हाम्रा सदस्यहरूलाई प्रदान गर्न सकिने रोजगारी, शर्त र तलबको प्याकेज सिर्जना गर्न रेल सञ्चालकहरूसँग हाम्रो वार्ता जारी रहनेछ।’

बुधबार पनि निजामती सेवामा १०० भन्दा बढी रोजगारदाताले रोजगारी पाएका सार्वजनिक तथा व्यावसायिक सेवा सङ्घका करिब एक लाख सदस्यले तलब, निवृत्तिभरण र रोजगारीसम्बन्धी युनियनको राष्ट्रिय अभियानअन्तर्गत सेवा हडताल गरेका थिए। ‘यो हडताल वर्षौंको लागि सबैभन्दा ठूलो नागरिक सेवा हडताल हुनेछ र एक महिनाको हडतालपछि औद्योगिक कार्यको उल्लेखनीय वृद्धिको सङ्केत गर्दछ,’ युनियनले भनेको छ।

जवाफमा प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले हड्तालले जनताको जीवनलाई अस्तव्यस्त बनाउने र धर्ना र विरोधको सट्टा वार्ता सही दृष्टिकोण भएको बताउनुभयाे।

गत वर्ष बेलायतमा देखिएको उच्च मुद्रास्फीतिपछि पनि पारिश्रमिक वृद्धि हुन सकेको छैन। गत ग्रीष्मऋतुदेखि नै बेलायत हडतालको चपेटामा छ।

ट्रेड युनियनहरूले माग गरेको तलब र पारिश्रमिक वृद्धिले महँगीसँग जुध्न सहयोग नगर्ने भन्दै ट्रेड युनियनहरूको मागलाई लागु गर्न सकिने अवस्था नरहेको सरकारले बताउँदै आएको छ।  

रासस

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सवारी अनुमति पत्र अब ३ दिनमै दिने मन्त्री श्रेष्ठ...

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन’

नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्नुपर्छ :...

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेट, भोलि सत्ता गठबन्धनको...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

सरकारले रंगमञ्चलाई वास्ता नगरेको अभिनेता खनालको गुनासो

काठमाडौंमा चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै

कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित

बैशाख १ मा आउने प्रदर्शन हुने फिल्म ‘बिहे पास’...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र १३, २०७९

१९.१५°

-
Clouds