fbpx

एसएसआईटीले डिजिटल मार्केटिङको डेढ महिने कोर्स मात्र ९९९ रुपैयाँमा सञ्चालन गर्दै

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । वर्ड अफ माउथ (डब्लूओएम) मार्केटिङ र एसएसआईटी कम्प्युटर इन्स्टिच्युटको आयोजनामा डेढ महिने डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुने भएको छ । बजारमा डिजिटल मार्केटिङ तर्फका दक्ष जनशक्ति उत्पादनका लागि यी दुई कम्पनीले कम शुल्कमा उक्त विषयसँग सम्बन्धित कोर्स सञ्चालन गर्न लागेका हुन् ।

डब्लूओएम मार्केटिङका डिजिटल मार्केटिङ मेनेजर सागर क्षेत्रीका अनुसार यो कोर्स भौतिक रूपमा एसएसआईटी इन्स्टिच्युट कीर्तिपुरमा सञ्चालन हुनेछ । पुस १५ गतेदेखि सञ्चालन हुने यो कोर्समा सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

“हामीले डिजिटल मार्केटिङका दक्ष जनशक्ति खोज्दा नपाएपछि आफैंले कोर्स सञ्चालन गरेर तालिम दिन लागेका हौं,” क्षेत्रीले भने, “यसका लागि आवश्यक कोर्स हाम्रो टिमले तयार पारिसकेको छ । डेढ महिनासम्म दैनिक एक घण्टाको क्लास हुन्छ ।”

डेढ महिनापछि उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई एसएसआईटी तथा डब्लूओएम मार्केटिङमा इन्टर्नका रूपमा राखिने उनले सुनाए ।

उनले अगाडि भने, “लगभग हामीले अध्यापन गराउने कोर्सको मूल्य ३५ हजारजति हुन्छ । हामीले दक्ष जनशक्तिलाई यहीबाट रोजगार उपलब्ध गराउन ९९९ रुपैयाँमा कोर्स उपलब्ध गराउन लागेका हौं । कोर्स सकिएपछि उत्कृष्ट सहभागीलाई हामी रोजगारी दिन्छौं ।”

इच्छुक व्यक्तिले यहाँ Digital Marketing Course @999 | SSIT (google.com) पुस १४ गते बेलुका आठ बजेभित्र रजिस्ट्रेसन गरिसक्नुपर्ने हुन्छ । त्यसपछि पुस १५ गतेदेखि डेढ महिनासम्म उक्त कोर्स सञ्चालन हुने क्षेत्रीले सुनाए । सहभागीले आफूलाई पायक पर्ने समय बिहान ६ देखि ७ बजे, ७ देखि ८ बजे वा ८ देखि नौ बजेसम्मको कुनै पनि क्लास लिन सक्नेछन् ।

तीन शिफ्टमा जम्माजम्मी ७५ व्यक्ति सहभागी हुन पाउनेछन् । कोर्स सकिएपछि सहभागीले प्रमाणपत्र समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस विषयमा थप बुझ्न ९७६२८५७१२८ मा सम्पर्क गर्न सकिनेछ ।


काठमाडौं

बिहिबार, अशोज १७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन