fbpx

पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पाँँचौं सृजना कप अन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो ।

बुधबारको खेलमा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन् । बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको थियो ।

दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५–२० र २५–१७ सेटमा हरायो । जनप्रिय माविले भद्रकालीलाई २५–९ र २५–१२ तथा कन्याले गौरीशंकरलाई २५–१९ र २५–२२ सेटमा पाखा लगाउँदै सेमिफाइनल सुनिश्चित गरेका हुन् । बिहीबार शान्ता र जनप्रियबीच पहिलो र कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनल हुने रेफ्री संयोजक गोपाल थापाले जनाए । कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगिताअन्तर्गत छात्रातर्फ १५ टिमले भाग लिएका हुन् ।

छात्रतर्फ सहभागी ३० टिममध्ये भगवती, भद्रकाली, शान्ता, राष्ट्रिय, मेश्रम वराहले विजयी यात्रा कायम राख्दै क्वारफाइनलमा पुगेका छन् । दोस्रो दिन बुधबारको खेलमा भगवती माविले शारदा माविलाई २५–१७ र २५–११ पराजित गरेको छ । अमरसिद्ध नमुना माविले विन्ध्यवासिनी मावि, वरपाटनलाई २५–२१ र २५–२३ सेटमा पाखा लगायो ।

ब्रम्हरुपा माविले लक्ष्मी माविको चुनौती २५–१० र २५–११ मा पन्छाउँदा चन्द्रप्रभा माविले पार्दीलाई २–१ सेटमा हरायो । चन्द्रप्रभा २५–२१, २२–२५ र २७–२५ सेटमा विजयी भएको हो । शान्ता मावि र कालिका माविबीचको खेलमा कालिकाले जीत निकालेकोमा कालिकाविरुद्ध प्रोटेस्ट परेको थियो । साविक विजेता शान्ता अन्तिम ८ पुगिसकेको छ ।

यस्तै, भद्रकालीले तालवाराहीलाई सोझो सेटमा २५–१९ र २५–१४ मा हरायो । राष्ट्रिय माविले चन्द्रप्रभालाई २५–१९ र २५–१९ पराजित ग¥यो । गोगन माविले सिर्जना माविलाई २५–८ र २५–११ मा पराजित गरेको छ । मेश्रम वराहले अमरसिद्ध नमुना माविलाई २–१ ले हरायो । जसमा २३–२५, २५–१७ र २५–२३ सेट आयो । भगवती माविले अमरसिंह नमुना माविलाई २–१ सेट (२२–२५, २५–१७ र २५–१३) ले हरायो ।

फागुन १९ मा हुने फाइनलमा छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन