fbpx

खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भयोः मन्त्री विराजभक्त श्रेष्ठ

author

समाचारपाटी

१ महिना अगाडि

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन गरेको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरु सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फर्फराउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गर्दा दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन हुँदै गरेकाले जुन कुरा हामीले अस्ति विभिन्न फोरममा भनेको थियौँ कि खेलकुदमा र युवाहरुमा नयाँ युगको शुरुवात भएको छ भनेर मैले त्यत्तिकै भनेको होइन । हो म स्वीकार्छु, केही नीतिगत कुराहरु सुधार्नुपर्ने छ । तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नुपर्ने छ । यहाँ हामी सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भोलि राष्ट्रको झण्डा फर्फराउने छ । सबै मिलेर गर्दा खेलमा केही सुधार भएको छ ।’मन्त्री श्रेष्ठले खेलकुदको माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन आह्वान गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन