तथाकथित एनओसीका पदाधिकारीले भ्रम फैलाए– खेलकुदमन्त्री तेजुलाल चौधरी

author

समाचारपाटी

१ महिना अगाडि

युवा तथा खेलकुद मन्त्रालयले तथाकथित नेपाल ओलम्पिक कमिटी (एनओसी) को पदाधिकारी भनिएकाबाट भ्रम फैलाउने काम भइरहेको आरोप लगाएको छ ।


खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) अवैधानिक ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट तेस्रोपल्ट अध्यक्षमा निर्वाचित जीवनराम श्रेष्ठले गत हप्ता मात्र पत्रकार सम्मेलन गर्दै नेपाली खेलकुदको नियमन निकायले मानव अधिकार हनन गरिरहेको आरोप लगाउनुभएको थियो । उनीहरूले आफ्ना अध्यक्ष श्रेष्ठलाई कुवेत भ्रमण जाने क्रममा डिपोर्ट गर्ने प्रयास गरेको भन्दै सरकार, खेलकुद मन्त्रालय र खेलकुद परिषद्को चर्को आलोचना गरेका हुन् ।
तर त्यसको प्रतिबाद स्वरूप मन्त्रालयले आईतवार पत्रकार सम्मेलन गर्दै तथाकथित एनओसीका पदाधिकारीले लगाएको आरोपप्रति ध्यानकर्षण भएको उल्लेख गर्दै त्यस किसिमको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालय र परिषद्ले अवैधानिक ठहर गरिएको निर्वाचित पदाधिकारीले लगाएका आरोप निराधार रहेको पनि उल्लेख गरेको छ । आफूलाई एनओसीका पदाधिकारी हौं झै गरेर प्रश्तुत गरिएको प्रति पनि नेपाली खेलकुदको नियमन निकायको भनाइ छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन गर्ने काममा सदैव काम गरिरहेको बताउनु भयो ।  

मन्त्री चौधरीले एनओसीको निर्वाचन २०७६ भदौ २० गते भएको र त्यसअवधिबाट चार वर्षे कार्यकाल २०८० भदौ १९ गते नै सकिएको उल्लेख गरे । साथै मन्त्री चौधरीले आफ्नो पदावधि सकिएपछि तदर्थ कमिटीले विधानविपरीत विधान संशोधन गराएको र त्यहाँबाट निर्वाचित अवैधानिक हुने बताएका छन् । विधान संशोधन र सदस्यताका विषयमा अदालतमा मुद्दा चलेको अवस्थामा पनि निर्वाचन गर्नु अदालतको अपहेलनासमेत भएको मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले ऐन कानूनअनुरूप गर्नुपर्ने साधारणसभा, अडिट रिपोर्ट र खेल संघले नियमित रूपमा गर्नुपर्ने काम नगरेको हुँदा कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भयो । 

खेल संघ दर्ता गर्ने तर नियमित रूपमा गर्नुपर्ने साधारणसभा नगर्ने र जीवनभर आफै मात्र अध्यक्ष भएर मनपरी गरिरहेको मन्त्री चौधरीको आरोप छ । उहाँले एनओसीमा भएका ६ संघले निर्वाचन नगरेको र चार वटा खेलबाट किर्ते गरेर अवैधानिक रूपमा ओलम्पिक कमिटीको प्रतिनिधि भएर बसेको उल्लेख गर्नुभयो । उहाँले अहिलेसम्म कुनै पनि खेलाडीलाई प्रतियोगिता खेल्न जान नरोकेको र एनओसीका पदाधिकारी भनिएकाले मात्र विदेश भ्रमण जान रोकेको बताउनु भयो । 


अदालतको आदेशविपरीत निर्वाचन गरेको भन्दै नेपाली खेलकुदका नियमन निकाय युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनओसीको वर्तमान नेतृत्वलाई अवैधानिक ठहर गर्दै आएको छ । त्यसमाथि सहभागी ६ खेल संघलाई निलम्बनका साथै त्यसका र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा पनि सरकारले रोक लगाएको थियो । त्यस कारण केही समयअगाडि एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ कुवेत जाने क्रममा सरकारलाई त्यहाँबाट उनलाई डिपोर्ट गर्नसमेत पत्रकार गरेका थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन