‘‘देशहरुसँग सम्बन्ध बिस्तारका लागि खेलकुद उत्तम माध्यम हो”:-खेलकुदमन्त्री डिगबहादुर लिम्बू

author

समाचारपाटी

२ years अगाडि

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद हरेक देशसँग सम्बन्ध सुधार गर्ने र देशको पहिचान उच्च बनाउने उत्तम माध्यम भएको बताउनुभएको छ । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र भारतीय राजदुतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘आऔं खेल खेलौं’ खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको महत्वबारे धारणा राख्नुभएको हो । महाराजगञ्जस्थित प्रहरी एकेडेमी मैदानमा एकदिने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री लिम्बूले उद्घाटन गर्नुभएको थियो । सो खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको माध्यमबाट युवालाई अगाडि बढाउन सक्ने उल्लेख गर्दै बालबालिकालाई त्यसतर्फ प्रोत्साहित गर्नुपर्ने बताउनुभयाे । 

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । समावेशी र तन्दुरुस्त समाजको लागि एक माध्यमको रूपमा खेलकुद भन्ने नाराका साथ यो कार्यक्रम आयोजना भएको हो । खेलकुद दिवसमा नेपाल र भारत दुवै देशका परम्परागत खेल खो–खो, कबड्डी, पानढुंगे (सटोलिया), रुमाल लुकाई र टग अफ वार (तान डोरी) खेलाइएको थियो । यी खेलहरूमा विभिन्न नौ विद्यालयका सातदेखि १२ कक्षासम्मका १ सय २० भन्दा बढी विद्यार्थीहरू, सहभागी भए । उद्घाटनको अवसरमा भारतीय दुतावास र नेपालका सेलिब्रिटीबीच भएको डोरी तान प्रतियोगिता भएको थियो ।

उक्त प्रतियोगिता दुतावासले नेपाली चलचित्रका नायक निखिल उप्रेती र तेक्वान्दोका खेलाडी दीपक विष्ट सम्मिलित सेलिब्रिटीको टोली २–१ ले हरायो ।  शुक्रवार नै प्रहरी प्रशिक्षण केन्द्रमा भएको कबड्डीमा नेपाल पुलिस क्लवले भारतीय दुतावासको टोलीलाई हराएको थियो । शुक्रवार नै कार्यक्रम समापनको अवसरमा सहभागी टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल तथा भारतमा खेलिने मौलिक एवं परम्परागत खेलकुदको जगेर्ना गर्दै नयाँ पुस्तालाई यी खेलबारे अभ्यस्त गराउन भारतीय दुतावास काठमाडौं र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले पहिलोपटक आयोजना गरेको हो । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन