अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध :- मन्त्री विन्दु थापा

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभएकाे छ । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश सरकार अपाङ्ग मैत्री बन्दै आएको बताउनुभयाे ।

उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्था सँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गर्नुभयाे । प्रदेशमा बन्ने संरचनाहरु अपाङ्ग मैत्री बनाउन पहलकदमी गरिने भनाई उहाँको छ । मन्त्री थापाले अपाङ्गताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै ऐनमा नै सहज वातावरण मिलाउने व्यवस्था गर्ने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।सार्वजनिक स्थान, यातायात र अन्य क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुले सहजै काम गर्न सक्ने गरि व्यवस्था गरिने उहाँले बताउनुभयाे । समानुभूति, समझदारी र समावेशी दृष्टिकोण निर्माण गरि अगाडि बढ्ने भनाई उहाँको छ ।

गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेकी सचेतक देवका पहारीले सामाजिक क्षेत्रका हरेक विषयमा अपाङ्गतामैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयाे । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कुशुमबुढा मगर, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख नितु गर्तौला, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका महिला तथा सामाजिक शाखा प्रमुख मुना अधिकारीले बाल्नुभएकाे थियाे ।

स्वालम्बन जीवनपद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महाासचिव अन्जना केसीले गर्नुभएकाे थियाे । कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र परिवारले भोग्नुपरेको समस्याका विषयमा जानकारी गराइएको थियो ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन