fbpx

‘सँस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता हाे’ :- मन्त्री विन्दु थापा

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभएकाे छ । शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उहाँले जीवनउपयोगी शिक्षा प्रति ध्यान दिनुपर्ने उल्लेख गर्नुभयाे । “योजना बनाइरहदा शिक्षामा सुधारलाई अप्नाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षा प्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यस तर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।”, उहाँले भन्नुभयाे ।

मन्त्री थापाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले स्थानीय तहले पनि समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताउनुभयाे । स्थानीय तहले अपनत्व लिएर शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने आवश्यक्तालाई उहाँले औंल्याउनुभएकाे छ ।  

संस्कृति, रहनसहन, भाषा भेषभुषालाई आत्मसात गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिन उहाँको निर्देशन छ । प्राविधिक र जीविकोपार्जन गर्ने खालको शिक्षालाई जोड दिए नेपालमा नै सम्भावना अधिक रहेको तर्क उहाँको छ । मन्त्री थापाले प्रदेश सरकारले ल्याएको अभिभावक शिक्षा, सिक्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन र परम्परागत भन्दा नयाँ योजना तर्जुमा गर्न स्थानीय तहबाट आएका प्रतिनिधिहरुलाई निर्देशन दिनुभएकाे छ ।

सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला कार्यक्रम राखिएको जानकारी गराउनुभयाे । उहाँले यही जेनवरी भित्र नै स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारी स्वरुप नै उक्त कार्यक्रम गरिएको उल्लेख गर्नुभयाे ।  कार्यशालबाट शिक्षा योजना निर्माणले गति लिने अपेक्षा उहाँले गर्नुभएकाे छ ।

शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति २०७८ लाई टेकेर शिक्षा योजना निर्माण गर्नुपर्ने बताउनुभयाे । उहाँ विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक सिद्ध हुनेमा विश्वस्त हुनुहुन्छ । समर्पित शिक्षक, जिज्ञासु विधार्थी र सन्तुष्ट अभिभावक शिक्षा योजना आजको आवश्यकता रहेको भनाई उहाँको छ । कार्यक्रममा लमजुङ र पर्वत जिल्लाका शिक्षा अधिकृतहरुको सहभागिता छ ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन