fbpx

‘बेरोजगार नागिरकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी’:- मन्त्री थापा

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताउनुभएकाे छ । शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल भएको उल्लेख गर्नुभयाे ।

मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सीमान्तकृत समुदाय, महिला र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उल्लेखिय काम भएको बताउनुभयाे । “गण्डकी प्रदेशमा हामीले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न प्रयासहरू गरिरहेका छौं”, उहाँले भन्नुभयाे, “हामीले रोजगारका अवसरहरू सिर्जना गर्न मात्र होइन स्थानीय स्तरमा सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र खेलकुद गतिविधिहरू मार्फत युवालाई सशक्त बनाउन पनि काम गरिरहेका छौं।”

मन्त्री थापाले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा बजेट अभाव र संरचनागत समस्या भएकाले चुनौति थपिएको बताउनुभयाे । ग्रामीण क्षेत्रका जनतालाई रोजगारीका अवसर उपलब्ध गराउन समन्वयको खाँचो भएको भनाई उहाँको छ । स्थानीय, प्रदेश र संघ सरकारले समन्वयात्मक तवरले उक्त कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभएकाे छ ।

“संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच अझ राम्रो समन्वय आवश्यक छ । साथै निजी क्षेत्र र अन्य साझेदारहरूको सहभागिताले उक्त कार्यक्रमलाई अझ सुदृढ बनाउन सकिन्छ ।”, उहाँले भन्नुभयाे । गण्डकी प्रदेश सरकार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षाको प्रत्याभूति दिन, आर्थिक अवसरहरू सिर्जना गर्न र दीर्घकालीन विकासका आधारहरू तयार गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयाे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका प्रमुख सचिव रघुराम विष्टले नेपालको संविधानले नै रोजगारी हकको ग्यारेण्टी गरेकाले यसको आवश्यकता र औचित्यलाई मध्यनजर गर्दै अगाडि बढनुपर्ने बताउनुभयाे । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्न सके मात्र सफलता मिल्ने बताउनुभयाे । वैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका विषयलाई व्यवस्थापन गर्न कार्यगत एकताको खाँचो रहेको भनाई उहाँको छ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले रोजगारसँग जोडिएको विषयमा सरकार संवेदनशील हुन आवश्यक रहेको र महानगर समेत त्यसै अनुरुप लागिरहेको बताउनुभयाे । बरेङ गाउँपालिकाका रोजगार संयोजक केशव राज क्षेत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो र विपन्न सँग जोड्ने कार्यक्रम भएको अनुभव सुनाउनुभयाे । कार्यक्रम निर्देशक प्रदीप कुमार कोइरालाले गण्डकीमा हुने दुई दिने समीक्षा कार्यक्रममा गण्डकीका ११ जिल्लाका ८५ वटै पालिकाका रोजगार संयोजकहरुको उपस्थिति रहेको जानकारी गराउनुभयाे । उक्त कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताका विषयमा गहन छलफल हुने भनाई उहाँको छ ।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन