fbpx

”उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक”:- मन्त्री विन्दु थापा

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताउनुभएकाे छ ।

“ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो ।”, उहाँले भन्नुभयाे । मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन केही नयाँ कार्यक्रम ल्याएको जानकारी गराउनुभएकाे थियाे । उहाँले अभिभावक शिक्षा, सिक्दै कमाउँदै कमाउँदै सिक्दै, फ्राइडे फर फ्युचर जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने उल्लेख गर्नुभयाे ।

विन्ध्यवासिनी क्याम्पस लाई प्रभावकारी बनाउन गुणस्तरीय शिक्षामा ध्यान दिन उहाँले आग्रह गर्नुभएकाे छ । क्याम्पसमा देखिएको हर किसिमको समस्या समाधानमा आफु पदमा रहे पनि नरहे पनि सदैव साथमा रहेको भनाई उहाँको छ । प्रदेश सरकारले सामुदायिक क्याम्पसका लागि वार्षिक रुपमा नै अनुदान उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयाे । क्याम्पसको पुस्तकालयको स्तरोन्नतिमा प्रदेश सरकार सकरात्मक रहेको भनाई उहाँको छ ।

कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले विन्ध्यवासिनी क्याम्पसको भवन बन्नुपर्छ भन्ने विषयमा सकरात्मक हुन आग्रह गरेका छन् । विद्यमान कानूनका कारण क्याम्पसको भवनको कामले गति पाउन नसकेको र उक्त समस्याको समाधानमा नै वडाले काम गरिरहेको भनाई उहाँको छ ।

क्याम्पसका सिनेटर राम बहादुर बानियाँले भारतीय राजदुतबाट क्याम्पसका लागि छुट्टिएको रकम गुम्न दिन नहुने उल्लेख गर्नुभयाे । क्याम्पसको गतिविधिका बारेमा क्याम्पस प्रमुख सुमन केशव पराजुलीले जानकारी गराएका थिए भने स्वागत विजय शर्माले गरेका थिए । क्याम्पसले उतिर्ण विद्यार्थीलाई सम्मान समेत गरेको छ ।


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक