fbpx

पोखरा महानगरपालिका वडा १५ को खेलकुद महोत्सवमा ९ सय बढी खेलाडीहरुको सहभागिता

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा शुरु भएको वडा १५ स्तरिय बृहत खेलकुद महोत्सवमा ९ सय बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ वटा इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गर्दै हुनुहुन्छ ।

बन विज्ञान अध्यायन संस्थानको मैदानमा बुधबारदेखिनै खेलको अनौपचारिक शुरुवात भएको छ । वडा १५ का वडाध्यक्ष तोरण बानियाँले रेफ्रि भक्त गुरुङ्गलाई बल हस्तान्तरण गर्दै अनौपचारिक रुपमा खेलको शुरुवात गर्नुभएकाे थियाे । ‘औपचारिक उद्घाटन बिहीबार हुदैछ, सहभागि खेलाडी धेरै भएकाले तीन दिनमा प्रतियोगिता नसकिने भएपछि खेल शुरु गर्यौं’वडाध्यक्ष बानियाँले भन्नुभयो ।

प्रतियोगिता संयोजक समेत रहनुभएका वडा सदस्य आशिष भण्डारीका अनुसार अन्तर क्लव फुटबलमा १७, विद्यालय स्तरियमा ५, महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १८ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जनाले, ५० वर्ष माथिको पुरुष दौडमा २६ जनाले तथा फरक क्षमता भएकाहरुको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले भाग लिएका छन् ।

वडाको युवा लक्षित कार्यक्रम अन्र्तगत बृहत खेलकुद महोत्सव आयोजना गरिएको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिनुभयो । ‘स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न यो प्रतियोगिता आयोजना गरिएको हो’ भण्डारीले भन्नुभयो । यो कार्यक्रमलाई वडाको वार्षिक कार्यक्रममा राखेर वर्षेनी सञ्चालन गरिने उहाँको भनाई छ । पुष ३० गते सम्म यो प्रतियोगिता सञ्चालन हुने आयोजक वडा समितिले जनाएको छ ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन