स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शुरु

author

समाचारपाटी

१ महिना अगाडि

वोङ्छु पिक एण्ड मुसा मसला राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शुक्रवारदेखि काठमाडौंमा शुरु भएको छ । 
नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसनको आयोजनामा काठमाडौं महानगरपालिका–१६ स्थित कालधारा पकनाजोलमा काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा खेल सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा घिसिङले ओलम्पिक खेलका रूपमा रहेको स्पोर्ट क्लाइम्बिङको नेपालमा धेरै सम्भावना रहेको धारणा राखे । संघका अध्यक्ष रमेश पौडेलले अध्यक्षतामा उद्घाटन भएको थियो । 
विभिन्न प्रदेशका ६ महिला र १३ पुरुष गरी कुलल १९ खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेका छन् । दुई दिने प्रतियोगितामा शुक्रवार पुरुषको बोल्डरिङ र लिडको क्वालिफाइङ राउण्ड पूरा भएको छ । यहाँबाट आठ जना खेलाडी फाइनल खेलका लागि छनोट भएका छन् । महिलाहरूको भने क्वालिफाइङ राउन्डमा बोल्डरिङ खेल प्रतियोगिता मात्र सम्पन्न भएको छ । राष्ट्रियस्तरको यो प्रतियोगिता क्लाइम्बिङ स्पोर्टको अन्तर्राष्ट्रिय महासंघको विधिअनुसार वोल्डरिङ र लिड कम्बाइन विधामा पहिलोपल्ट नेपालमा खेलाइएको संघका महासचिव सन्तोष मादेनले जानकारी दिए । साहासिक तथा पर्यटन र खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरू उक्त खेलमा उपस्थित थिए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन