fbpx

सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोक्यो

author

समाचारपाटी

२ महिना अगाडि

सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ तोकेको छ । आईतावार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री गुरुङले मंसिर १३ गते बसेको मन्त्रीपरिद् बैठकले मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमण स्वीकृत गरेको बताउनु भयो । उहाँले मंसिर १० गते बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री डा.आरजु राणाको चीन भ्रमण स्वीकृत गरेको पनि बताउनु भयो । उहाँले मंसिर १० गते बसेको बैठकले नै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ भने लेखामान बोर्डको अध्यक्ष पदमा सुनिरकुमार ढुंगेललाई र लेखापरीक्षणमान बोर्डको अध्यक्ष पदमा जगन्नाथ उपाध्यायालाई नियुक्त गरेको जानकारी दिनुभयो । उहाँले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पुस ३ देखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागि हुनका लागि स्वीकृत दिएको पनि बताउनु भयो । उहाँले चालु आर्थिक वर्ष २०८१÷८२को लागि उखुको उत्पादन लागत ढुवानी भाडा र मुनाफासहित गरी कृषकले उत्पादन गरेको उखु न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ निर्धारण गर्ने निर्णय भएको बताउनु भयो । उहाँले नेपाल सरकार र गणतन्त्र फिनल्याण्डबीच हुने फिनल्याण्डको सार्वजनिक लगानी सुविधा अन्तरर्गत वित्त परिचालन हुने परियोजनाहरु खाका स्वीकृत गर्ने सन्र्दभमा अर्थमन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ । स्थानीय शासक सहयोगका लागि प्रतिवद्धता प्राप्त भएको रकममा खर्च हुन बाँकी ७९.२३ मिलियन अमेरिकी डलर मध्ये प्राविधिक साहायतातर्फ कुल बजेटको अनुपात नघट्ने गरी परिमार्जित कार्यक्रम स्वीकृत गर्ने र सो सम्बन्धित संयुक्त वित्तीय व्यवस्था अनुमोदन गर्ने निर्णय भएको पनि बताउनु भयो 
यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु
१.नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय 
२.लेखामान बोर्डको अध्यक्ष पदमा सुन्दरकुमार ढुङ्गेललाई र लेखा परीक्षणमान बोर्डको अध्यक्षमा जगनाथ उपाध्यायलाई नियुक्ति गर्ने निर्णय भएको छ । 
३.नेपाल सरकार र गणतन्त्र फिनल्याण्डबीच हुने फिनल्याण्डको सार्वजनिक लगानी सुविधा अन्तर्गत वित्त परिचालन हुने परियोजनाहरु खाका स्वीकृत गर्ने सन्र्दभमा अर्थमन्त्रालयलाई स्वीकृत दिने
४.स्थानीय शासक सहयोगका लागि प्रतिवद्धता प्राप्त भएको रकममा खर्च हुन बाँकी ७९.२३ मिलियन अमेरिकी डलरमध्ये प्राविधिक साहायता तर्फ कुल बजेटको अनुपात नघट्ने गरी परिमार्जित कार्यक्रम स्वीकृत गर्ने र सो सम्बन्धित संयुक्त वित्तीय व्यवस्था अनुमोदन गर्ने निर्णय भएको छ । 
५.नेपाल आयल निगम लिमिटेडलाई चितवन जिल्लाको राप्ती नगरपालिकामा २१९१६.९ विघा जग्गा प्राप्ति गर्ने स्वीकृत दिने
६.परराष्ट्र मन्त्री डा.आरजु राणाको प्रतिनिधि मण्डललाई मंसिर १३ देखि १५ गतेसम्म गणतन्त्रवादी चीनको औपचारिक भ्रमण गर्न स्वीकृत दिने
७.पुष्पलाल मध्यपहाडी लोकमार्ग राजमार्ग परियोजनालाई राष्ट्रिय वनको १.०७२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने
८.नेपाल विद्युत प्राधिकरणलाई कालिगण्डीदेखि रिडीसम्मको १३२ केभी विद्युत प्रशारणलाई निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको ६.२१ हेक्टर जमिन प्रयोग गर्न स्वीकृत प्रदान गर्ने 
९.२०८१ पुष ३ देखि १० गतेसम्म गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापन सम्बन्धि अध्ययन भ्रमणमा सहभागि हुन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भ्रमण स्वीकृत प्रदान गर्ने
१०. एशियाली विकास बैंकबाट क्याइमेन्ट रेजिलेन्ट ल्याण्ड स्केप एण्ड लिब्ली उड्स परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी डलर अनुदान तथा १० मिलियन डलर ऋण सहायता स्वीकृत गर्ने 
११. एशियाली विकास बैंकबाट नविनतम यान्त्रिक सिंचाई आयोजना कार्यान्वयनको लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने 
१२.भारतको नयाँ डिल्लीमा आयोजना हुने २९ औं पाटनरसिप समिट सहभागि हुन उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृत दिने
१३.चालु आर्थिक वर्ष २०८१÷८२ को लागि उखुको उत्पादन लागत ढुवानी भाडा र मुनाफा सहित गरी कृषकले उत्पादन गरेको उखु न्युनतम खरिद मूल्य प्रति क्विन्टल ५८५ निर्धारण गर्ने निर्णय भएको छ । 
१४.नेपाल सरकार र इन्टरनेशनल वाटर म्यानेजम्यान्ट इन्चिच्युड आईडब्लुएमआईबीच हुने अण्डर स्ट्याडिङ स्वीकृत गर्ने 
१५.नेपाल सरकार र अन्तर्राष्ट्रिय रिसर्च सेन्टर बीच हुने समझदारी पत्र स्वीकृती प्रदान गर्ने
१६.मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्रवादी चीनको औपचारिक भ्रमणमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने 
१७. गोकर्णश्वर नगरपालिकामा बन्न लागेको प्रशासकिय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृती प्रदान गर्ने 
१८.उखु किसानलाई अनुदान दिने सम्बन्धि कार्यविधि २०७५ दोस्रो संशोधन २०७६ सहितको दफा ३(१) बमोजिम चालु आर्थिक वर्ष २०८१÷८२का लागि अनुदान रकम प्रति क्विन्टल ७० कायम गर्ने निर्णय भएको छ ।  
 


काठमाडौं

बिहिबार, माघ १०, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन