आगामी दिनमा आइपियुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछः सभामुख देवराज घिमिरे

author

समाचारपाटी

२ हप्ता अगाडि

सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपियु) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यो उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा नोपालले आफ्नो महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो । गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५० औं वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएको थियो । उहाँले अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा नेपाल पुगेको बताउनु भयो । उहाँले एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुने ठाउँमा नेपाल पुगेको दाबी गर्नुभयो ।   

सभामुख घिमिरेले भन्नुभयो, ‘अब हामी कमसेकम पनि एउटा अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा पुगेका छौँ । एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुने ठाउँमा हामी पुगेका छौँ । यसको लागि खासगरी हाम्रो यहाँको संसदको सचिवालय, सिंगो सांसद र यसपालि जानुभएको डेलिगेशन र हाम्रो प्रयत्नलाई साथ दिनुहुने मुलुकहरु जसले हामीलाई भोट दिनुभयो, उहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । आगामी दिनमा आइपियुमा अब हामीले अलि हैसियतका साथ अगाडि जाने स्टेप (उपलब्धि) प्राप्ति भएको कुरामा म सबैको तर्फबाट यो उपलब्धिलाई सम्मान गर्दै यसमा जानुभएको मान्यज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’


सभामुख घिमिरेले यो उपलब्धिलाई नेपालले भरपुर उपयोग गर्नसक्नुपर्ने र आफ्नो नाम विश्वमाझ चिनाउन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’