fbpx

‘नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको छ’:- देवराज घिमिरे

author

समाचारपाटी

१ महिना अगाडि

सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ । 

आईतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको बताउनु भयो । उहाँले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको बतउनु भयो । हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत भएको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पुर्याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक भएको बताउनु भयो । 

सभामुख घिमिरेले भन्नुभयो, ‘नेपाल अहिले जलवायु परिवर्तन, भूस्खलन, बाढी, पहिरो, माटोको उर्वर शक्ति घट्दै जानु जस्ता समस्या भोगिरहेको छ । यि चुनौतिहरुको समाधानका लागि हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै रैथाने बाली तथा वनस्पतिको संरक्षण एवं प्रवद्र्धन गर्न कोशी, मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्लाका खालि जमिनमा वृक्षारोपण कार्यक्रम भइरहेको छ । जुन निकै सह्रानिय र खुशीको कुरा हो । वृक्षारोपण कार्यक्रमले कृषि उत्पादन वृद्धिसँगै कृषकको जीवनस्तरमा सुधार, माटोको उर्वराशक्ति पुनःस्थापना, पानीको श्रोत संरक्षण तथा जलवायु परिवर्तनको असर न्युनिकरणमा उल्लेखनिय योगदान पुर्याउने अपेक्षा गरेको छु । स्वदेशी उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ । नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको छ । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ । बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ । सम्पूर्ण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत हो । यसले पानीको मुहान सुकाउने र मानिस र जनावरको जीवनयापनमा कठिनाइ सिर्जना गर्ने काम गरिरहेको छ । जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य छ । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पुर्याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक छ । जलवायु परिवर्तनको समाधानमा जनप्रतिनिधिहरुको भुमिका पनि अपेक्षित छ ।’ 


सभमुख घिमिरेले क्लाइमेट पाल्र्यामेण्ट जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमार्फत संघीय सांसदहरुले जलवायु नीति निर्माण, नविकरणीय उर्जाको प्रवद्र्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेको बताउनु भयो । नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानून निर्माण तथा हरित बजेट परियोजनाका कार्यहरु संसदमार्फत अघि बढिरहेको बताउनु भयो । वृक्षारोपण गर्दा भरसक फलफूलका बिरुवाहरु रोप्न प्राथमिकता दिन आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन