‘राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक हुन आवश्यक छ’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधरण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार,संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले व्यवसायीहरुलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताउनु भयो ।

उहाँले यस्तो अवस्थामा एकतर्फि रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताउनु भयो । उहाँले वर्तमान परिस्थितीलाई चाँडै अन्त्य गर्नको लागि सरकार,संसद,सांसद र नीजि क्षेत्रको भुमिका एक ठाउँ ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरुका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।


उहाँले भन्नुभयो,‘विभिन्न नीतिहरु निर्माण गर्ने र बनाएका नीति निर्माण गर्ने सरकारको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्ता नीतिहरु कार्यान्वयन गर्ने भूमिका संसदको पनि हुन्छ । उद्योगी व्यवसायीहरुका वर्तमान समस्या समाधान गर्नको लागि आफूले पहल गर्नु कर्तव्य हो । त्यो प्रयास मबाट हुनेछ भन्ने प्रतिवद्धता जनाउन चाहन्छु । यस्तो बेलामा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने र आर्थिक कारोबारमा एकतर्फि ढङ्गबाट ब्याज वृद्धि गर्ने र देशको संकट सामना गर्न नीति क्षेत्रलाई उत्साहित र प्रोसाहित गर्न नपुगि रहेको वर्तमान परिस्थितीलाई चाडै अन्त्य गर्नको लागि सरकार,संसद,सांसद र नीजि क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक छ ।

व्यवसायीहरुको आन्दोलन भन्दा पनि रचनात्मक रुपमा समाधानको लागि भुमिका खेल्न आवश्यक छ । जहाँ इच्छा त्यहाँ उपाय देशमा गम्भिर स्थिति देखापरेको छ । सामना गर्नको लागि हामी सबैले आ– आफ्नो ठाउँबाट लाग्यौं भने हल गर्नसक्छौं ।’

सभामुख घिमिरेले व्यवसायीहरुको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा गम्भिर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्नको लागि सबैले आ– आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताउनु भयो । महासंघले साधरण सभामार्फत बैंकको ब्याजदर एकल अंकमा ल्याउन आवश्यक पहल गर्न माग गरेको छ । महासंघले समय उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न सरकार गम्भिर हुन माग गरेको छ । बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनुपर्ने, सरकारले विदेसिने युवाहरुलाई देशभित्र नै रोजगारी दिनको लागि स्वरोजगार मुलक तालिमको व्यवस्था गर्ने, व्यवसायीले आयात गर्ने वस्तुहरुको भन्सारदर कम गर्नु पर्ने र व्यवसायीहरुलाई लगाईएको दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्ने माग गरेको छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन