वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गर्दैछन्ः सभामुख देवराज घिमिरे

author

समाचारपाटी

१ year अगाडि

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नको लागि एतावद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता रहेको बताउनु भयो । उहाँले  समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताउनु भयो । सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ । अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजनाहरु बन्नुपर्छ । अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोशिस भइरहेको छ, यसलाई सामना गर्न मुलतः राजनीतिक दलहरुले र सँगै सम्पूर्ण नागरिकहरुले यसको सामना गरेर अघि बढ्नको लागि एतावद्ध भएर अघि बढ्नुपर्छ ।’ 

सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान