एउटै विषय फरक फरक समितिमा छलफल भइरहेकोबारे सभामुखसँग समिति सभापतिको गुनसो

author

समाचारपाटी

१ year अगाडि

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिसँग छलफल गर्नुभएको छ । आईतवार सिंहदरबारमा संसदीय समितिका सबै सभापतिहरुसँग सभामुख घिमिरेले छलफल गर्नुभएको हो । छलफलमा संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा सभामुखले राख्नुभएको सभामुखको भनाइ उद्धृत गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताउनु भयो । उहाँले संसदको हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेकाले सो बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले एउटै विषयहरु विभिन्न समितिले हेर्ने गरेको बारेमा पनि छलफल भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अब संसदलाई एउटा कार्यदिशा नयाँ रुपले लिएर जानका निम्ति क्यालेण्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ ? र सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरको रुपमा यति समयदेखि यति समय हिउँदे अधिवेशन चल्छ, यति समय वर्षे अधिवेशन चल्छ भन्ने एउटा क्यालेण्डर बनाएर जान सकियो भने त्यो पनि उपयुक्त हुन्छ । यसमा कसरी जाने ? विशेष गरी विधेयकहरु समितिबाट छिटो भन्दा छिटो आइ सदन चल्न अझै सहज हुन्थ्यो र कितपय कुरामा विभिन्न सहमतिहरु बीचमा एउटै समितिले हेरेको । जस्तै एनसेलकै प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिले हेरेको छ । यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो । एकैदिन मन्त्रीहरुले तीन, चार वटा समितिमा बोलाउँदा मन्त्रीहरुले नभ्याउने, कतै गयल हुने, उपस्थित हुन नसक्ने भन्ने लगायतमा पनि छलफल भयो ।’

समिति सभापति खतिवडाले सभामुखसँगको छलफलमा एकैदिन धेरै समितिले मन्त्रीहरुलाई बोलाउँदा मन्त्रीहरुलाई समय निकाल्न कठिन भएको बारेमा पनि छलफल भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल  


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन