स्पेनको ग्रान क्यानारिया टापुबाट १४० किलोमिटर दक्षिणमा एक आप्रवासी डुङ्गा पल्टिँदा सात जनाको ज्यान गएको छ । १२ जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । उद्धार सेवाहरूले जहाजमा सवार आप्रवासीहरू स्पेनको तटमा पुग्न प्रयास गरिरहेका डुंगा पल्टिँदा उनीहरुको ज्यान गएको हो । उद्धारका लागि दुईवटा हेलिकप्टर र एउटा उद्धार जहाज पठाइएको थियो । आप्रवासी डुङ्गामा दुईवटा शव फेला परेका थिए भने २७ पुरुष र सात महिलासहित ३४ जनाको उद्धार गरिएको थियो । उत्तरपश्चिम अफ्रिकाबाट क्यानरी टापुहरू जाने आप्रवासी मार्गलाई विश्वको सबैभन्दा खतरनाक मानिन्छ । उक्त रुटमा वर्षेनी हजारौंले ज्यान गुमाएका छन् ।
सिन्ह्वा