काठमाडौं । काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाउनुभएकाे छ ।
उहाँले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९ सय ९५ रुपैयाँ भएको उल्लेख छ ।
१३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उहाँले बुझाएको विवरणमा उल्लेख छ ।
त्यस्तै मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको भन्दा उहाँले कुल ३ लाख ७१ हजार खर्च भएको विवरण पेश गर्नुभएकाे छ ।
काठमान्डौं–२ मा उहाँले नेकपा एमालेका मणिराम फुयाल र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।
