fbpx

नेपालको सार्वभौम ‘कन्ट्री रेटिङ’ ले निजी क्षेत्रको लगानी र मनोबल बढ्छ

author

समाचारपाटी

२ महिना अगाडि

पहिलोपटक भएको सार्वभौम रेटिङमा नेपालले असाध्यै राम्रो रेटिङ पाएको छ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सार्वजनिक प्रतिवेदनले नेपालले राम्रो रेटिङ पाएको जनाएको हो ।  फिच रेटिङ्सले गरेको रेटिङमा नेपाललाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको हो ।  दक्षिण एशियाली मुलुकहरूमध्ये भारत बाहेक अन्य देशको भन्दा राम्रो रेटिङ पाएको छ ।  फिचले नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा नेपाललाई उत्कृष्ट रेटिङ प्रदान गरेको छ ।

नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको छ । क्रेडिट रेटिङको नतिजाले नेपालको क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको देखाएको छ । अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्युन व्याजदरमा ऋण प्राप्त गर्नसक्ने अवस्था सिर्जना गरेको र निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिएको छ । अर्थमन्त्रालयमा सचिव डा.रामप्रसाद घिमिरेले सार्वभौम रेटिङमा नेपालले प्राप्त गरेको नतिजाले निजी क्षेत्रमा देखिएको निराशालाई माथि उकास्न मद्दत पुर्याउने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्र सुधारको लागि रिफर्मका क्षेत्रहरु समेत संकेत गरेको भन्दै निजी क्षेत्र र सरकारलाई सुधारको लागि प्रेरित गरेको बताउनु भयो । उहाँले नेपाल अर्थतन्त्रमा लगानी र अन्य अवस्थामा कुन स्थानमा रहेको छ भन्नेकुरा सार्वभौम रेटिङबाट निश्चित भएको बताउनु भयो । उहाँले सार्वभौम रेटिङबाट प्राप्त नतिजाले विदेशबाट ल्याउने ऋणको लागत समेत कम हुने उल्लेख गर्नुभयो । 


स्ट्याण्डर्ड चार्टड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोरखसमशेर जबराले नेपालले सार्वभौम ‘कन्ट्री रेटिङ’ मा पाएको ‘डबल बी माइनस’ नतिजाले विदेशबाट ल्याउने ऋणको लागत डेढ  प्रतिशतसम्म घट्ने देखिएको बताउनु भयो । उहाँले अहिले विदेशी ऋण दाताले नेपाली कम्पनीहरूलाई दिने ऋणमा ४ देखि ४.५ प्रतिशतसम्म जोखिम बापत प्रिमियम जोडिरहेको भन्दै अहिलेको रेटिङले १.५ प्रतिशतसम्म लागत प्रिमियम कम हुनसक्ने बताउनु भयो ।


उहाँले ऋणको लागत घट्दा व्यावसायिक लागत कम पर्ने उल्लेख गर्नुभयो । उहाँले ऋणको लागत दर आगामी दिनमा कम हुँदै जाने जानकारी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन