दक्षिणी टर्कीको गाजियान्टेप प्रान्तको इस्लाहिए जिल्लामा एउटा मिनीबस र कंक्रीट मिक्सर एक आपसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । यो घटना इस्लाहिए–हते राजमार्गको अगाबे क्षेत्रमा भएको हो । घटनास्थलमा स्वास्थ्य, दमकल र प्रहरी टोली खटाएर उद्धार गरिएको बताइएको छ । दुर्घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ । ट्रक चालक र मिनिबस चालक घाइते भएका छन् । उपचार पछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ ।
सिन्ह्वा