हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ । इजरायल रक्षा बल (आईडीएफ) ले यसबारेमा जानकारी गराएको हो । हिजबुल्लाह अधिकारीलाई बाजोरीह क्षेत्रमा गाडीमा सवार हुँदा निशाना बनाइएको थियो । लेबनानी सैन्य स्रोतहरूकले इजरायली हमलामा सात हिजबुल्लाह सदस्यहरू मारिएको बताए । जसमा उत्तरी सिरियामा ६ र दक्षिणी लेबनानमा एक जनाको मृत्यु भएको थियो । लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायल बीच चलिरहेको द्वन्द्वको परिणामस्वरूप लेबनानी पक्षमा ३९५ जनाको मृत्यु भएको छ । जसमा २५४ हिजबुल्लाह लडाकु र ७३ नागरिकहरू छन् ।
सिन्ह्वा