काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई मार्शल ल प्रकरणमा भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले पक्राउ गरेका छन्। यो देशको इतिहासमा पहिलो पटक राष्ट्रपति पक्राउ परेका हुन्। योलले गत डिसेम्बरमा मार्शल ल घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो। संसदले महाअभियोग प्रस्ताव पास गरेपछि उनी पदबाट निलम्बित थिए। पक्राउको विरोधमा उनका समर्थकहरूले प्रदर्शन गरेका छन्। योलले आफ्नो गिरफ्तारीलाई गैरकानुनी भनेका छन् तर रक्तपात रोक्न गिरफ्तारी स्वीकार गरेको बताएका छन्।