fbpx

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित गर्न कोरियाली संसद असफल

author

समाचारपाटी

१ महिना अगाडि

दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको महाभियोग प्रश्ताव पारित गर्न असफल भएको छ । सत्तारूढ पीपुल पावर पार्टीका अधिकांश सांसदहरूले मतदान गर्न अस्वीकार गरेका हुन् । युनकी श्रीमतीको घोटालाको छानबिन गर्ने विधेयकको विपक्षमा मतदान गरेपछि सत्तारुढ दलका १०८ सांसदहरूमध्ये धेरैजसो संसद भवनबाट बाहिरिएका थिए । सत्तारुढ दलका एकजना सांसद हलमै बसे र दुईजना बाहिरिएर फर्किएका थिए । राष्ट्रिय सभाका ३०० सांसदमध्ये १९८ ले पहिलो महिलाको विशेष अभियोजन अनुसन्धानसम्बन्धी विधेयकको पक्षमा मतदान गरे । विपक्षमा १०२ जनाले मत दिएका थिए । विधेयक पारित गर्न कम्तिमा दुई तिहाई सांसदले मतदान गर्नुपर्ने हुन्छ । प्रमुख उदारवादी लोकतान्त्रिक पार्टीलगायत विपक्षी दलका सांसदहरूले सत्तारुढ दलका सांसदहरूलाई एक एक गरी नाम दिएर फर्केर मतदान गर्न आह्वान गरे । महाभियोग प्रश्ताव पारित गर्न दुई सयभन्दा बढी सांसदले हो मतदान गर्नुपर्छ । राष्ट्रिय सभाका सभामुख वू वोन–सिकले सत्तारुढ दलका सांसदलाई करिव तीन घण्टाको पर्खाइपछि गणपूरक संख्या नपुगेको भन्दै महाभियोग प्रश्ताव खारेज भएको घोषणा गर्दै मतदान प्रक्रिया टुङ्ग्याएका थिए । संसद भवनबाहिर लाखौं नागरिकले युनको महाभियोगको पक्षमा मतदानको माग गर्न मैनबत्ती जुलुस निकालेका थिए ।
सिन्ह्वा


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन