fbpx

फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाई

author

समाचारपाटी

१ महिना अगाडि

दक्षिण कोरियाको संवैधानिक अदालतले फेब्रुअरी २५ मा राष्ट्रपति युन सुक–योलको महाभियोग मुद्दाको ११ औं र अन्तिम सुनुवाइ गर्ने भएको छ । अदालतका कार्यवाहक प्रधानन्यायाधीशले बिहीवार १० औं सुनुवाइको क्रममा अर्को सुनुवाइ फेब्रुअरी २५ मा हुने बताए । युनका वकिलले महाभियोग लगाइएका राष्ट्रपतिले महाभियोग लगाइएका प्रधानमन्त्री हान डक–सूलाई अदालतमा बयान दिएको हेर्नु अनुपयुक्त हुने बताए । राष्ट्रिय गुप्तचर सेवाका पूर्व प्रथम उपनिर्देशक होङ जाङ–वन र राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जी–होको बयानको क्रममा युन अदालतमा पुनः उपस्थित हुनुभएको थियो । संवैधानिक अदालतमा आउनुअघि युनले विद्रोहको नेतृत्व गरेको आरोपमा आफ्नो फौजदारी मुद्दाको पहिलो तयारी सुनुवाइमा भाग लिनुभएको थियो । युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयमा पक्राउ गरिएको थियो र जनवरी २६ मा विद्रोहको आरोपमा हिरासतमा राखिएको थियो । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो । युनमाथि महाभियोग लगाउने प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाबाट पारित भएको थियो र १८० दिनसम्म विचारविमर्श गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा उनको राष्ट्रपति पद निलम्वित हुन्छ । 
सिन्ह्वाको


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन