fbpx

दक्षिण कोरियाली संसदद्वारा युनको विद्रोह छानबिन गर्न बिलहरू पारित

author

समाचारपाटी

१ महिना अगाडि

दक्षिण कोरियाको संसदले बिहीवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणा र प्रथम महिलाको संलग्नताका घोटालाहरूको बारेमा अनुसन्धान गर्न स्वतन्त्र सल्लाहकारहरू नियुक्त गर्ने विधेयक पारित गरेको छ । पूर्णसत्रमा उपस्थित २८३ राष्ट्रिय सभा सांसदहरू मध्ये १९५ ले युनको विरुद्धमा विशेष अभियोजन विधेयकको पक्षमा मतदान गरेका छन् । ८६ जनाले असहमति जनाएका छन् । दुई जना अनुपस्थित थिए । विधेयकमा राष्ट्रपतिले सिफारिस गरिएकामध्ये एकजना अभियोजक छनोट गरी नियुक्ति गर्नुपर्ने व्यवस्था छ । यदि युनले यसलाई भिटो गरेमा, विधेयकलाई फिर्ता लिनुपर्छ । जसमा ३ सय सदस्यीय सभाको कम्तिमा दुई तिहाईले यसलाई पारित गर्नको लागि मतदान गर्नुपर्छ । युनले डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो । जुन केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेको थियो । अनुसन्धान एजेन्सीहरूले युन विरुद्ध विद्रोह र अन्य आरोपहरूको छानबिन गरेका छन् । 

यसैबीच, प्रथम महिला किम केओन–ही विरुद्धको विशेष काउन्सिल विधेयकमा बिहीवार भएको मतदानमा सहभागी २ सय ८२ सांसदमध्ये १९५ पक्षमा र ८५ विपक्षमा परेका थिए भने दुई जना अनुपस्थिति थिए । पहिलो महिला विरुद्ध अघिल्लो तीन बिल युनद्वारा भिटो र एक रिभोटमा खारेज गरिएको थियो । 

सिन्ह्वा


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक