fbpx

मंसिरमा दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ आयोजना हुने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं I नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले मंसिरमा दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ आयोजना गर्ने भएको छ । 


सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो जानकारी दिएको हो । महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०८० मंसिर ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागेको छ ।

महासंघले सामाजिक रुपमान्तरका लागि चेतना,चेतनाका लागि गुणस्तरी शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता भन्ने नारासहित अन्तर्राष्ट्रिय मेलाको गर्ने लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव शिवसागर शर्माले कोभिड महामारीको प्रभाव र आर्थिक मन्दीका कारण केही वर्ष मेलालाई निरन्तरता दिन नसकेको भन्दै यस वर्षदेखि निरन्तरता दिने बताउनु भयो । उहाँले महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०८० मंसिर ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागेको बताउनु भयो ।

उहाँले मेलामा चीन,अमेरिका, इजिप्ट लगायत दक्षिण एशिया क्षेत्रका प्रकाशक,उत्पादक तथा वितरकहरुको सहभागिता हुने बताउनु भयो । उहाँले प्रदर्शनीमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेशनलाई निमन्त्रणा गरिएको पनि बताउनु भयो। उहाँले नेपालमा पुस्तक व्यवसाय आत्मनिर्भर बनेको बताउनु भयो । उहाँले प्रदर्शनीमा देश तथा विदेशी उत्पादनहरु गरी १८० भन्दा बढी स्टल रहने बताउनु भयो । 

महासंघले २०६४ सालदेखि वार्षिक रुपमा वृहत पुस्तक प्रदर्शनीहरु तथा शैक्षिक महोत्सवहरु गर्दै आएको छ । 


काठमाडौं

सोमवार, माघ २८, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन