काठमाडौं । दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको छ। जसमा कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ, भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ।
बीबीसीका अनुसार उक्त खतरनाक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। कैयौं गाडीहरू पल्टिएका छन् र धेरै घरहरू क्षतिग्रस्त भएका छन्।
सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँसोसम्म सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। मिसिगन, मिजौरी र इलिनोइस सबैभन्दा बढी प्रभावित रहेका अधिकारीहरूले बताएका छन् ।