fbpx

पोखराकाे एसओएस हर्मन माइनर स्कुलमा अन्तरसदनात्मक हाजिरी जवाफ सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा शुक्रबार अन्तरसदनात्मक रूपमा हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ ।

तीन चरणमा फरक फरक समूहका विद्यार्थीले सहभागिता जनाएको स्पर्धामा पहिलो चरणमा विज्ञान र गणितबाट प्रश्न सोधिएको थियो । दोस्रो चरणमा सामाजिक, समान्य ज्ञान र कम्प्युटरबाट प्रश्न सोधिएको थियो । तेस्रो चरणमा अर्थशास्त्र, लेखा र व्यवसाय शिक्षाबाट प्रश्न सोधिएको विद्यालयका सिनियर अङ्ग्रेजी शिक्षिका तथा कार्यक्रम सञ्चालिका छिरीङ युडोनले जानकारी दिनुभयाे । प्रतिस्पर्धामा ४८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । तीन चरणको स्पर्धामा प्रश्नकर्ताको भूमिकामा विद्यालयका शिक्षकहरू गोविन्द गैह्रे, वंशी स्याङ्देन र कुमारचन्द्र सुवेदीले सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रममा समय पालकमा रामचन्द्र दाहाल तथा अङ्क लेखनमा शिक्षक छविराज पौडेलले सहजीकरण गर्नुभएकाे थियाे ।

प्रतियोगितामा पहेँलो सदन प्रथम र हरियो सदन द्वितीय हुन सफल भए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले विद्यार्थीको चौतर्फी विकासमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयाे । विद्यार्थीको स्मरण शक्तिको विकासमा हाजिरीजवाफले सहायोगी भूमिका खेल्ने भन्दै उहाँले विद्यालयले पढाइसँगै सहक्रियाकलापलाई निरन्तरता दिइरहनेमा जोड दिएको विद्यालयका शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन