काठमाडौँ । सोनाम ल्होसारको अवसरमा राजधानीमा र्याली प्रदर्शन गरिएको छ । ‘मञ्जुश्री संवत् २८६१ डुल (सापुखी) सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढाऔँ’ भन्ने नाराका साथ तामाङ समुदायले बिहीबार शान्ति बाटिकाबाट टुँडिखेलमा र्याली आयोजना गरेका हुन् l