fbpx

रोल्पामा बुवाको हत्या आरोपमा छोरा पक्राउ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । रोल्पामा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।

माडी गाउँपालिका–५ का ६९ वर्षीय बुवा प्रथमन बुढालाई कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय नरबहादुर बुढा पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरका अनुसार घरमा बुवा–छोरा मात्रै बस्दै आएका थिए।

छोरा नरबहादुरको कुटपिटबाट बुवाको घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा पुगेको प्रहरीले आरोपितलाई सोमबार पक्राउ गरेको डिएसपी मगरले बताए।

‘पक्राउ परेका नरबहादुरले पहिले बुवाले मलाई कुटेपछि मैले बुवालाई कुटेको हुँ भन्ने बयान दिएका छन्,’ डिएसपी मगरले भने, ‘आपसी विवादका क्रममा बुवा छोराका बीचमा सामान्य भनाभनका क्रममा घटना भएको देखिएको छ।’

माघ २९ गते राति ९ बजेतिर छोराले बुवालाई निर्घात कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरेको थियो।

पक्राउ परेका नरबहादुरको मानसिक स्थिति ठिक नभएको भन्ने कुरा खुलेको प्रहरीले जानकारी दिएको छ। नरबहादुरलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको डिएसपी मगरले बताउनुभयो।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन