गोलभेँडाको भाउ बढेपछि किसानलाई केही राहत

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । गोलभेँडाको भाउ बढेसँगै किसानलाई राहत भएको छ ।

गएको असार ३ गते किलोको ५ रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका थिए ।

अहिले भने किसानले किलोको ६५ देखि ७५ रुपैयाँमा गोलभेँडा बेचिरहेका धादिङका अगुवा किसान श्यामचन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार किसानले अहिले खेतबारीमै किलोको ६५ देखि ७५ रुपैयाँसम्म पाएका छन् । गोलभेँडा उत्पादनको सिजन नहुँदा बजारमा अहिले भाउ बढेको छ ।

साउन पहिले हप्तादेखि नै गोलभेँडाको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पहिले पहिले भारतबाट समेत गोलभेँडा आयात हुँदा भाउ केही सस्तो हुन्थ्यो । तर अहिले भारतमा पनि गोलभेँडा महँगो भएकाले व्यापारीले नेपाल ल्याएका छैनन् । यसले गर्दा गोलभेँडा माग अनुसार बजारमा छैन । यही कारण भाउ बढेको श्रेष्ठले बताउनुभयो ।

कालीमाटी थोक बजारमा आज ठूलो गोलभेँडा किलोको १२० देखि १४० रुपैयाँ छ । यस्तै, लोकल सानो गोलभेँडा ४५ देखि ५५, टनेलको सानो गोलभेँडा ८५ देखि ९५ रुपैयाँ थोक मूल्य छ । उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भन्दा महँगो पर्छ ।

काठमाण्डौमा उपत्यका आसपासका क्षेत्र र छिमेकी जिल्लाहरु धादिङ, काभ्रे, मकवानपुरलगायतबाट गोलभेँडा भित्रिरहेको छ । कालीमाटीमा अहिले दैनिक ४० देखि ४५ टन गोलभेँडा भित्रिरहेको छ ।

अरु बेला दैनिक ६० देखि ६५ टन भित्रने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन