fbpx

सोमालियामा भारी वर्षाका कारण बाढी सय जनाको मृत्यु, ७ लाख ५० हजार घरबारविहीन

author

समाचारपाटी

१0 महिना अगाडि

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै करिब सात लाख ५० हजार मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।

''विनाशकारी वर्षा र बाढी फैलिरहेकोले देश विपत्तिको बीचमा छ,'' राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय निकायले एक विज्ञप्तिमा भनेको छ ।

मुसलधारे वर्षा, बाढी र डुबानका कारण दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हिर्शाबेल र जुबाल्याण्डका साथै बनादिर क्षेत्रका अधिकांश मानिस प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले लाखौं सोमालियालीहरू भोकमरी र कुपोषणसँग जुधिरहेको र यस वर्षको अगस्टदेखि सन् २०२४ को जुलाईसम्ममा पाँच वर्षमुनिका अनुमानित १५ लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्नुपरेको जनाएको छ ।

ठूलो आवश्यकताको बावजुद, सन् २०२३ सोमालिया मानवतावादी प्रतिक्रिया योजनालाई ७६ लाख मानिसहरूको प्राथमिकता आवश्यकताहरू पूरा गर्न २.६ अर्ब अमेरिकी डलरभन्दा बढीको लागी पूर्व घोषित कार्यक्रमको केवल ४२ प्रतिशत कोष जगेडामा छ ।

''सहायता संस्थाहरूले अतिरिक्त स्रोतहरू बिना वर्तमान र नयाँ आवश्यकताहरू पूरा गर्न सक्दैनन्,'' विज्ञप्तिमा भनिएको छ ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन