सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
आज सोमवार बिहान अन्दाजी ३ बजे निवर्तमान वडाध्यक्ष राम सङ्घर्ष किराँतीको घरमा आगलागी हुँदा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो ।
आगलागीबाट किराँतीको ढुङ्गा र सिमेन्टले बनेको दुई तले घर र नगद ६० हजार रुपैयाँसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो ।
आगलागीमा परि १ जना घाइते भएका छन् ।