fbpx

‘पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्छ’:-माओवादी नेताहरु

author

समाचारपाटी

५ महिना अगाडि

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् । 


शुक्रवार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरुले संविधानमा नै समाजवादउन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका बताउनु भयो । त्यस्तै, केन्द्रिय समिति १५१ सदस्यीय बनाउनेगरी छलफल भएको पनि उहाँले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो – ‘छलफलको सारमा के छ भन्दाखेरी जसरी हाम्रो संविधानमा प्रस्तावनामा लोकतन्त्रमा आधारित समाजवाद भनेको छ र प्रारम्भमा समाजवाद उन्मुख राज्यव्यवस्था भनेको छ, त्यसैगरी हाम्रो विधानमा पनि समाजवादउन्मुख राज्य व्यवस्था भनेर संविधानमा जसरी उल्लेख गरेको छ, विधानमा पनि समाजवादी मूल्य, मान्यता, आदर्श स्थापित हुनेगरी, समाजवादी विचारधारा अभिव्यक्त हुनेगरी लेख्नुपर्छ भन्ने छ । अर्को, छलफलको महत्वपूर्ण विषय के छ भने हाम्रो कमिटीहरु ठूला छ ति कमिटीहरु चुस्त, दुरुस्त हुनुपर्छ भनिएको छ भनिएको छ । केन्द्रिय समिति १५१ को हुनुपर्छ भन्ने सामान्य छलफल चलिरहेको छ । फेरि यि सबै कुराको अन्तिम निष्कर्ष त विधान सम्मेलनमै गएर हुन्छ । आज सैद्धान्तिक, नीतिगत छलफल बढी भयो । अध्यक्षले अरु सबै सुझावहरु लिखित रुपमा दिनुहोला भन्नुभएको छ । भोलि दिनभरी स्थायी समिति बैठक चल्छ ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशन, विधान र केन्द्रिय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलहरुका बीचमा घनिभुत रुपमा छलफल भइरहेको पनि अध्यक्ष दाहालले बताएको उहाँको भनाई छ । शुक्रवारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राख्नुभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै सचिवहरु गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि बैठकमा धारणा राख्नुभएको उहाँले बताउनु भयो । 

न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन